• +977-9842494635
  • info@jbmarugroup.com
Login

लक्ष्मी टेक्नो प्लास्टले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा | Bizshala.com

  • 07 Feb, 2024

काठमाण्डौ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। 

कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभा लैजान लागेको हो। कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आउँदो मंसिर ११ डाकेको छ। सोही सभाले प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेपछि कम्पनीले निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ। 

कम्पनीको वार्षिक साधारणसभा मकवानपुरको हेटौँडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले सभाले कम्पनीको सञ्चालक समिति पनि गठन गर्नेछ। 

No Tags

Comments (0)

,